४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

नीति तथा कार्यक्रमप्रति ओलीको असन्तुष्टि नै असन्तुष्टि



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा कार्यक्रमको चर्काे विरोध मात्र गरेनन्, सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको पनि चर्काे विरोध गरे ।

नीति तथा कार्यक्रममा प्रशस्त त्रुटि औंल्याएका ओलीले यसलाई तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी पनि गरे । ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरीजस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’ उनले प्रश्न गरे ।

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुना रहेको उनले बताए । उनले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाए । ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्य छन् ।’ नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकार भएको आरोप पनि लगाए ।
अहिलेको सरकार अस्थायी र म्यादी भएकाले परराष्ट्र नीतिमा दीर्घकालीन असर पर्ने काम गर्न नहुने ओलीको भनाइ थियो । उनले आफूले हुम्लाको लिमी जाँदा इजाजत लिएको उल्लेख गर्दै अमेरिकी उपविदेशमन्त्री उज्रा जियालाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन ? इजाजत दिएको भने किन दिएको भन्ने प्रश्न गरे ।

उपविदेशमन्त्री जिया गत शनिबार जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा पुगेकी थिइन् । एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा सरकारले व्यापक धाँधली गरेको आरोपसमेत लगाए । ‘नीति तथा कार्यक्रमको पहिलो बुँदामै चुनाव निष्पक्ष र धाँधलीरहित तरिकाले भएको भनिएको छ,’ ओलीले भने, ‘स्वच्छ तरिकाले चुनाव भएको भए आज १४ दिनसम्म किन परिणाम आएको छैन ?’

सत्ता गठबन्धनले घोषित रूपमै एमालेलाई धुलो चटाउने र पत्तासाप गर्ने नीति लिएकाले चुनाव पनि त्यहीअनुसार भएको उनले बताए । ‘एमालेलाई सिध्याइदिने नीति लिएर गरिएको चुनाव हो,’ उनले भने, ‘नेताहरूले भाषण नै गर्नुभएको छ । जसरी पनि जित्नुपर्छ भनेर त गीतै बनाएर गाउनुभएको छ ।’

ओलीले संसद्मा सम्बोधन गर्दै आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाए । ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदको भदौ १ गते सम्माननीय सभामुख कहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरूको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने ।

एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’ उनले प्रश्न गरे । ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोपसमेत लगाए । ‘शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो कि होइन ? सरकार नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन । आजको राजधानी दैनिकमा सविन शर्माले यो लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ५४ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत