२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नेपाली समाज विचार र निष्ठाको आधारमा चल्न नसकेको प्रचण्डको टिप्पणी



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् ।

शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाज बिचलनतिर गइरहेको बताए ।

प्रचण्डले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको टिप्पणी गरे । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको बताए । प्रचण्डले भने– ‘हामीले चाहाना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर हाम्रो दिनदिनैको काम कारबाहीहरु चाहीँ हाम्रो भनाईसँग तालमेल भइराख्या छैन । कहिँ न कहीँ हाम्रो सिस्टमभित्र अहिलेपनि थुप्रै खोटहरु छन । जसले गर्दा समाज रुपान्तरणको क्रान्तिकारी ढंगले अगाडी जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझबढी बिचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढदो छ । बिचारको आधारमा होइन, कुनै निष्ठाको आधारमा होइन, कुनै एउटा महान उद्देश्य राखेर त्यसको निम्ति सर्मपण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई । त्यसकारण आज हामीले इच्छुकको बारेमा र अरु तमाम सहिदहरुलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भिरताको साथ लिन जरुरी छ । र हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रीत हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’

प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रीत हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ५५ बजे

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष