२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम आज पारित गरिने



काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने क्रम जारी रहनेछ ।

शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ । त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ३१ बजे

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी