८ बैशाख २०८१, शनिबार | April 20, 2024

गणतन्त्र दिवसको पुर्वसन्ध्यामा रोड रेस, कपिलवस्तुका अजय र घोराहीकी अनिषालाई उपाधि



बुटवल । गणतन्त्र दिवस २०७९ को पुवसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड (रोड रेस)गरिएको छ ।

लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवातथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार भएको पाच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरि पार गरे । प्रतियोगितामा नवीन औधोगिकमा बिमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए ।

कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए । यसैगरि महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम भईन । उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन । यसैगरि कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भईन । कालिका कै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भईन ।

लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडी बढाउन कार्यक्रम गरिएको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरि सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशनगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन