७ श्रावण २०८३, बिहिबार | July 23, 2026

गणतन्त्र दिवसको पुर्वसन्ध्यामा रोड रेस, कपिलवस्तुका अजय र घोराहीकी अनिषालाई उपाधि



बुटवल । गणतन्त्र दिवस २०७९ को पुवसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड (रोड रेस)गरिएको छ ।

लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवातथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार भएको पाच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरि पार गरे । प्रतियोगितामा नवीन औधोगिकमा बिमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए ।

कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए । यसैगरि महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम भईन । उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन । यसैगरि कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भईन । कालिका कै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भईन ।

लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडी बढाउन कार्यक्रम गरिएको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरि सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशनगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ