२५ भदौ २०८३, बिहिबार | September 10, 2026

देशमा फेरि एकपटक राजनीतिक समझदारी र सहमतिको आवश्यकता रहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई फेरि एकपटक राजनीतिक समझदारी र सहमतिको आवश्यकता रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सहमति र सहकार्यको आवश्यकतालाई पुनः दोहोर्याएका हुन । प्रचण्डले देशको साझा समस्या समाधान गर्न साझा संकल्प र साझा प्रतिवद्धताको आवश्यकता रहेको जिकिर गरे ।

तर, प्रचण्डले नीति तथा कार्यक्रमको छलफलमा देखा परेका आआफ्ना हठले देशलाई नयाँ भिजन दिने भन्दा पनि एकअर्कालाई दोषारोपण गरेर आफु उम्किने जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । प्रचण्डले भने, ‘अस्तिदेखि जस्तो घोचपेचको परिस्थिति देखा पर्यो, हाम्रो छलफल गर्ने तरिका एकले अर्कोलाई घोचपेच गर्ने तरिका भने परम्परागत भन्दा नयाँ बन्न सकेको छैन । समाधानको लागि नयाँ भिजन दिने तिरभन्दा दोषारोपण गर्ने चिन्ता हामीलाई भएको छ ।’

प्रचण्डले स्थानीय निर्वाचनमा जनसमुदायको उत्साहजनक सहभागिता रहेको भन्दै निर्वाचन आधारभूति रुपमा र मूलभूत रुपमा सफल रहेको बताए । छिटफुट घटनाबाहेक निर्वाचन सफलतापूर्व सम्पन्न भएको उनले बताए । आआफ्नो ठाउँबाट कमीकमजोरी भएको भए सबैले सच्चाउने प्रतिवद्धता जनाउनुपर्ने उनले जिकिर गरे । उनले भने, ‘अहिले कुन दलले कति सिट ल्यायो कसको घट्यो, कसको बढ्यो भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र अघि बढाउँदै छौं या छैनौ. भन्ने कुरा मुख्य हो । यो प्रक्रिया संस्थागत बन्दै जान्छ भन्ने कुराको सुनिश्चितता हाम्रो लागि महत्वपूर्ण कुरा हो । संविधान ट्याकमा राखेर कार्यान्वयनमा जाने प्रक्रियाले गति लिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । त्यसदृष्टिले हेर्दा अहिलेको निर्वाचनमा देशभरबाट निर्वाचनमा सहभागी हुने र मतदानका लागि जनता गतिशिल भएको देखियो, ती सबै जनसमुदायप्रति हार्दिक बधाई एवं आधार व्यक्त गर्न चाहन्छु ।’

मतगणना गर्दा हार्दै गएपछि सरकारलाई धारेहात लगाउने कुरा बेठिक भएको उनले टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे गरेको भनाईमाथि टिप्पणी गर्दै प्रचण्डले आफैले विश्लेषण गरेको पार्टीभित्रको लज्जास्पद अन्तर्घातले हारेको निस्कर्ष निकाल्दै त्यसको दोष सरकारलाई लगाउनु उचित नभएको जिकिर गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ५४ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने