२९ असार २०८३, सोमबार | July 13, 2026

रोष्टममा उभिएर ओलीले रन्थनिएको गन्थन व्यक्त गरे : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्‍कटमा फस्दै गएको बताएका छन् ।

सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए ।

सङ्‍घीय संसद्‍मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारसँग सङ्‍कटमा फसेको अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताए ।

‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्‍कटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने ।

उनले वर्षेनी ब्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् ।

‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भने, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’

उनले ब्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताए ।

थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले रोष्ट्रममा उभिएर रन्थनिएको गन्थन प्रस्तुत गरेको टिप्पणी गरे । थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमतिरअसहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ०७ बजे

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको