६ पुस २०८२, आइतबार | December 21, 2025

आज नेपालले इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीका नेपालले कतारमा इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा आज राति ९ः४५ बजे इस्ट टिमोरको सामना गर्ने छ ।

एसियन कप छनोटअघि नेपालले कतारमै जेठ २० गते ओमानसँग पनि मैत्रीपूर्ण खेल्ने छ । फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिएको छ ।

छनोटको समूह एमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्ने छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ५७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा