१८ श्रावण २०८३, सोमबार | August 4, 2026

क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए जहाज, २२ जनाकै नामसहित



काठमाडौं । २२ जना यात्रु बोकेर पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडान भरेको जहाज मुस्ताङको लेतेआसपास पुगेपछि सम्पर्कबिहीन भएको थियो ।

जहाज मुस्ताङको लेते आसपासको उच्चपहाडी जंगली क्षेत्रमा हराएको अनुमानका आधारमा खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

विमानमा १९ जना यात्रु र चालकदलका तीन जना सदस्य रहेका थिए । जहाजलाई चालक क्याप्टेन प्रभावर घिमिरे र सहचालक उत्सव पोखरेलले उडाएका थिए । यस्तै विमानपरिचारिका किस्मी थापा रहेकी थिइन ।

विमानमा रहेका यात्रुहरुको नाम निम्नानुसार रहेको छ

इन्द्र बहादुर गोले, राजन कुमार गोले, पुरुषेत्तम गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ रहेका छन् ।

यस्तै, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर पनि जहाजको यात्रु रहेका छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क