१५ जेष्ठ २०८०, सोमबार | May 29, 2023

क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए जहाज, २२ जनाकै नामसहित



काठमाडौं । २२ जना यात्रु बोकेर पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडान भरेको जहाज मुस्ताङको लेतेआसपास पुगेपछि सम्पर्कबिहीन भएको थियो ।

जहाज मुस्ताङको लेते आसपासको उच्चपहाडी जंगली क्षेत्रमा हराएको अनुमानका आधारमा खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

विमानमा १९ जना यात्रु र चालकदलका तीन जना सदस्य रहेका थिए । जहाजलाई चालक क्याप्टेन प्रभावर घिमिरे र सहचालक उत्सव पोखरेलले उडाएका थिए । यस्तै विमानपरिचारिका किस्मी थापा रहेकी थिइन ।

विमानमा रहेका यात्रुहरुको नाम निम्नानुसार रहेको छ

इन्द्र बहादुर गोले, राजन कुमार गोले, पुरुषेत्तम गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ रहेका छन् ।

यस्तै, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर पनि जहाजको यात्रु रहेका छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ३८ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country