७ आश्विन २०८३, बुधबार | September 23, 2026

खजुरा गाँउ कार्यपालिकाले पायो पूर्णता



खजुरा । बाँके खजुरा गाउँपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । आइतबार गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेस र माओवादी केन्द्रको भागवन्डाबाट प्रस्तावित सदस्यहरुलाई सर्वसम्मत रुपमा रुपमा निर्वाचित गर्दै गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचित हुने ६ जना सबै महिला रहेका छन ।

कार्यपालिका सदस्यलागि भागवन्डाका आधारमा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका थिए ।

६ जना बाहेक अन्य दलबाट उम्मेदवारी नपरेपछि आइतबार नै सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालय खजुराले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार सदस्यहरुको निर्वाचन गरिउको हो । खजुरा गाउँपालिकामा कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवारहरुले बहुमत पुग्ने गरि जितेका छन् ।

कार्यपालिकामा कांग्रेसले ४ जना र माओवादीले २ सदस्य लिने सहमति अनुसार उम्मेदवारी दर्ता भएको थियो । कार्यपालिकामा निर्वाचित जनप्रतिनिधिहरुबाट नेपाली कांग्रेसको तर्फबाट सुब्बुन धोबी (चमार), विष्णु सुनार, खतमुल निशा साई र माओवादी केन्द्रबाट मैसरी पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यकबाट कांग्रेसकी पार्वती कुमारी विश्वकर्मा र माओवादीबाट कृष्ण कुमारी पोखरेल विक निर्वाचित भएकी छन् । ६ जना सदस्य सर्वसम्मत भएपछि अब खजुरा गाउँपालिकाको कार्यपालिका १६ सदस्यीय बनेको छ ।

आइतबार खजुरा गाउँपालिकाको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत लोक बहादुर सुनार, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्लले निर्वाचित सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ९ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज