१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

खजुरा गाँउ कार्यपालिकाले पायो पूर्णता



खजुरा । बाँके खजुरा गाउँपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । आइतबार गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेस र माओवादी केन्द्रको भागवन्डाबाट प्रस्तावित सदस्यहरुलाई सर्वसम्मत रुपमा रुपमा निर्वाचित गर्दै गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचित हुने ६ जना सबै महिला रहेका छन ।

कार्यपालिका सदस्यलागि भागवन्डाका आधारमा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका थिए ।

६ जना बाहेक अन्य दलबाट उम्मेदवारी नपरेपछि आइतबार नै सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालय खजुराले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार सदस्यहरुको निर्वाचन गरिउको हो । खजुरा गाउँपालिकामा कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवारहरुले बहुमत पुग्ने गरि जितेका छन् ।

कार्यपालिकामा कांग्रेसले ४ जना र माओवादीले २ सदस्य लिने सहमति अनुसार उम्मेदवारी दर्ता भएको थियो । कार्यपालिकामा निर्वाचित जनप्रतिनिधिहरुबाट नेपाली कांग्रेसको तर्फबाट सुब्बुन धोबी (चमार), विष्णु सुनार, खतमुल निशा साई र माओवादी केन्द्रबाट मैसरी पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यकबाट कांग्रेसकी पार्वती कुमारी विश्वकर्मा र माओवादीबाट कृष्ण कुमारी पोखरेल विक निर्वाचित भएकी छन् । ६ जना सदस्य सर्वसम्मत भएपछि अब खजुरा गाउँपालिकाको कार्यपालिका १६ सदस्यीय बनेको छ ।

आइतबार खजुरा गाउँपालिकाको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत लोक बहादुर सुनार, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्लले निर्वाचित सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ९ : ०४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग