७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको ९ एएनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् ।

तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ ।

‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : १४ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका