२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको ९ एएनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त मर्माहत बनाएको छ,’ ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् ।

तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्क विहिन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ ।

‘दुर्घटनामा ज्यान गुमाउनु भएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : १४ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा