६ बैशाख २०८१, बिहिबार | April 18, 2024

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ



खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अङ्‍ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेकाे अभियोग छ ।

बलात्कार प्रयासकाे क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ ।

आराेपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकाे थियाे ।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक चाैधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेकाे हाे ।

मिलापत्रपछि जाहेरी

बलात्कार प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ ।

बलात्कार हुनबाट जाेगिन सफल बालिका रुँदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो ।

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेकाे हाे ।

अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्ब्यबहारकाे प्रयास गरेको आफन्तकाे दाबी छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : ५१ बजे

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले