२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

दुर्घटनाग्रस्त तारा एयरको ब्ल्याकबक्स भेटियो



वेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको दुर्घटनामा परेको जहाजको ब्ल्याकबक्स फेला परेको छ ।
ब्ल्याकबक्स फेला परेसँगै दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास बढेको छ । कुनै पनि जहाज दुर्घटनामा पर्दा जहाजभित्र रहने अति संवेदनशील ब्ल्याकबक्समा नै टावर र पाइलटबीचको संवाद संरक्षित रहेको हुन्छ ।

यसैगरी जहाज दुर्घटनामा ज्यान गुमाएका अन्तिक एक जनाको शव भेटिएको छ । अब जहाजमा सवार २२ जनाकै शव फेला परिसकेको छ । त्यसमध्ये हिजो १० जनाको शव काठमाडौं ल्याइसककिएको छ ।

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । उनकाअनुसार बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारेर काठमाडौं पठाउने तयारी भैरहेको छ । कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको हो ।

दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।

तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : १३ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा