१० श्रावण २०८३, आइतबार | July 26, 2026

बजेटमाथि छलफल जारी, वर्षमान पुन भन्छन् : कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ ।

गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ ।

छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए ।

‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।

६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ४० बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि