१३ पुस २०८२, आइतबार | December 28, 2025

क्यानको निर्णय – अब मौसम सफा नभएसम्म आँखाले हेरेर उडाउनुपर्ने जहाज उडाउन नपाइने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।

मौसम खराबीका कारण मुस्ताङमा तारा एयरको जहाज दुर्घटना भएको अनुमान गरिएकै बेला क्यानले जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

यो नियम आँखाले हेरेर उडान गर्नुपर्ने (भीएफआर) रुट र जहाजको हकमा लागु हुने क्यानका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले बताएका छन् । यो नियमलाई कडाईका साथ पालना गर्न गराउन क्यानले विमान कम्पनीहरु र विमानस्थलहरुलाई निर्देशन दिएको छ । यसका लागि जल तथा मौसम विज्ञान विभागले गर्ने मौसमसम्बन्धी पूर्वानुमान तथ्यांकलाई ध्यान दिनुपर्नेछ ।

आइतबार बिहान तारा एयरको ट्वीनअटर जहाज पोखराबाट मुस्ताङको जोमसो जानेक्रममा दुर्घटनामा परेको थियो । सो जहाजमा रहेका २२ जनाको मृत्यु भएको छ ।

जहाज दुर्घटजाबारे छानविन गर्न सरकारले सोमबार पाँच सदस्यीय आयोग बनाएको छ । दुर्घटनाको वास्ताविक कारण पत्ता लगाउन र भविष्यमा त्यस्ता दुर्घटना हुन नदिन आयोगलाई कार्यादेश दिइएको छ ।

 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : १५ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र