१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सेञ्चुरी बैंकले खोल्यो पथरी र इनरुवामा २ नयाँ शाखा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापो पथरी शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्यज्यू, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर कलेदार भण्डारी संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर  विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलज्य, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : ०१ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल