३१ भदौ २०८३, बुधबार | September 17, 2026

यु–१९ राष्ट्रिय टिममा बुटवलका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान



बुटवल । नेपाली राष्ट्रिय टिमका दुई जना महिला क्रिकेटरहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय टिममा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यु–१९ राष्ट्रिय टिमका क्याप्टेन कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही नगद १० हजार ५ सय सहित सम्मानपत्रबाट सम्मान गरेको । भर्खर मात्र मलेसियाको क्वालालम्पुरमा सम्पन्न यु १९ महिला क्रिकेट विश्व कप एशियन छनौट प्रतियोगितामा दुबै खेलाडीहरुले नेपाली टिमबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासको लागि नितिगत र पुर्वाधार विकासको कामलाई पहल जरुरी हुने भन्दै यसमा आफू लागेको बताए । प्रदेशस्तरीय नीति, संरचना निर्माणको कामलाई जोड दिएको उनले बताए । प्रदेश सरकारले फुटबल र क्रिकेट दुबैलाई २५ लाख रुपैयाका दरले बजेट बिनियोजन गरेको बताउँदै उनले रुपन्देहीलाई क्रिकेटको हबका रुपमा विकास गर्न आवश्यक ३ तहकै सरकार बिच समन्वय गरि अघि बढ्नुपर्ने बताए । नेपालको राष्ट्रिय खेल भलिबलको राष्ट्रिय प्रतियोगिता गराउन मिल्ने खेल पुर्वाधार निर्माण, पौडी खेलको पुर्वाधार, कुस्ती अखडा लगायतको परियोजनाको पहल थालेको उनले बताए ।

खेल सिकाईको रुपमा लिएर अघि बढ्न खेलाडीहरुलाई आग्रह गर्दै उनले मनोरञ्जनसंगै खेल र खेलाडीको स्तर वृद्धि गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकालले निजि क्षेत्रको पहलमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गरेर गरिमा बढाउन सफल भएको बताए । बिना स्वार्थ खेललाई निरन्तरता दिने र देशको गरिमा बढाउने खेलाडीहरुलाई शिक्षा, स्वस्थ्य बिमामा सरकारबाट पहल गरेर प्रोत्साहन गर्ने काम थाल्न उनले सुझाव दिए ।

बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले क्रिकेट खेलको विकासमा पुर्वाधार र प्रतियोगिता आयोजना गरेर खेलाडीको क्षमता विकासमा अग्रसर रहेको बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्यले बुटवल क्रिकेटको उवरभुमि भएको दाबी गरे। श्रोत साधनको न्युन उपलब्धताका बावजुत पनि रुपन्देहीका खेलाडीहरु राष्ट्रिय टिममा स्थान बनाउन सक्नु गर्वको विषय भएको भन्दै उनले खेल विकासमा सरोकारवाला निकायबाट आवश्यक सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा समितिका सल्लाहकार नेत्रप्रसाद पौडेल, जिल्ला क्रिकेट संघ रुपन्देहीका कोषाध्यक्ष निरजप्रताप खाड, सहसचिव आयुष बोगटीले स्वस्थ्य, पर्यटन र खेल विधामा जोड्न सकिने हुदा यी पक्षहरुलाई समेट्नुपर्ने बताए ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : ५९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै