२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देहीका मृगौलाका बिरामीलाई पाल्पालीको आर्थिक सहयोग



बुटवल । लुहु·, बौघा पोखराथोक (पाल्पा) रुपन्देही सम्पर्क समाजले मृगौला पीडितको उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ ।

विगत लामोसमयदेखि दुवै मृगौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्यामा परेका बुटवल–११, प्रगतिनगर निवासी पदम रसालीलाई शनिबार एक कार्यक्रमकावीच आर्थिक सहयोग रु ७५ हजार १ सय २५ रुपैया हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद शर्माले यस्तै समस्या तथा दुःखमा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै सामाजिक सेवा अग्रसर हुने उदेश्यका साथ संस्थाको स्थापना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्तै समाजसेवामा अग्रसर भइरहने प्रतिबद्धता व्यक्त गरे । मृगौला पीडित रसालीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अन्य सहयोगीदाताहरुलाई पनि सहयोग गर्नको लागि आग्रह गरे ।

रसालीलाई उक्त सहयोग देश तथा विदेशबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको आर्थिक सहयोग समितिका संयोजक गोपाल गैरेले बताए ।

आर्थिक अवस्था नाजुक भएका कारण छोराछोरी बढाउन समेत अप्ठेरो परेपछि उनको छोराछोरीको शिक्षाका लागि सहयोगी भुमिका खेल्ने संस्थाका कोषाध्यक्ष अशोक रिसालले प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०६ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५