१५ पुस २०८२, मंगलबार | December 30, 2025

मनसुन अझै देशभर फैलन सकेन, पूर्वी नेपालमा केन्द्रित



काठमाडौं । नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।

बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ ।
आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।
वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आँकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ५७ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन