२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसपीपी फिर्ता लिनेबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम ९एसपीपी० फिर्ता लिने या नलिने विषयमा गठबन्धनमा छलफल नभएको बताएका छन् ।

काठमाडौंमा आइतबार संचारकर्मीहरुसँगको अन्तक्रियामा अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल नभएको बताएका हुन् ।

नेपालले गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीत हुने गरी कुनै पनि सम्झौता आफूबाट नहुने जानकारी गराएको भने बताए । उनले प्रधानमन्त्रीले बैठकमा र गृहमन्त्रीले संसदमा बोलिसकेपछि यसलाई धेरै शंका गरिरहन आवश्यक नभएको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन भन्नुभएको छ । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन । तर सजग भने भैरहनुपर्छ ।’

तर नेपालले भने सैन्य गठबन्धन वा सुरक्षा घेराभित्र वा छिमेकी देशको सुरक्षा संवदेनशीलता असर पार्ने गरी नेपाल जहाँसुकै गएर पनि स्पष्टसँग भन्नुपर्ने जनाए ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : २८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य