७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जिरोना ला लिगामा बढुवा



काठमाडौं । प्लेअफमा टेनेरिफेलाई ३-१ ले पराजित गर्दै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ ।

टेनेरिफेको मैदानको खेलको ४१ औं मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो ।

त्यसको नौ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपहार पाएपछि पुनः जिरोनाले अग्रता लिएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा अर्नाउ मार्टिनेजले गोल गरेपछि जिरोनाले ३-१ को जितसहित ला लिगामा आफ्नो स्थान पक्का गरेको छ ।

जिरोना सन् २०१८-१९ को सिजन ला लिगाबाट घटुवा भएसँगै दोस्रो डिभिजनमा लगातार पाँचौ स्थानमा रहेको जिरोना पछिल्लो सिजन पनि प्लेअफको फाइनलमा इल्चेसँग पराजित भएपछि शीर्ष डिभिजनमा उक्लिन सकेको थिएन ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : ५७ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी