१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

यस्तो छ नेम्वाङको नेतृत्वमा बनेको एन्फाकाे नयाँ कार्यसमिति



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ ।

निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ समूहकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे ।

उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए ।

नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए ।

महिला सदस्यमा भने दुवै प्यानलका एक-एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।

१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९-३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुन: निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ ।

सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए ।

शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए ।

शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।

२१ औं चुनावी साधारण सभाले चयन गरेको १९ सदस्यीय कार्यसमिति:

अध्यक्ष: पंकजविक्रम नेम्वाङ (४५)

वरिष्ठ उपाध्यक्ष: वीरबहादुर खड्का (४४)

उपाध्यक्ष: विराटजंग शाही (४७), दीपक खतिवडा (४७), दावा लामा (४८), दीर्घबहादुर केसी (४३)

महिला सदस्य: पेमा डोल्मा लामा (४३), सरिला श्रेष्ठ (४६)

सदस्य: रविन्द्र चन्द (४६), अनिल मल्ल (४७), भोजराज शाही (४४), पुरुषोत्तम थापा (४३), महेन्द्र क्षेत्री (४४), विजय नारायण श्रेष्ठ (४४), रमेश व्यञ्जनकार (४३), भरत बुढ थापा (४०), टिकाराम लामा (४१), मणिराज विष्ट (४२), मनिष जोशी (४८)

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ५० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा