१६ भदौ २०८३, मंगलबार | September 1, 2026

मक्का र मदिना हिँडेका हजयात्रीलाई खेलकुदमन्त्रीको विदाइ



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

उनले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरे । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेका छन ।

हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । विदाई कार्यक्रममा पूर्वमन्त्री तथा जसपा नेता मोहम्मद इस्तयाक राई, कांग्रेस महामन्त्री गगन थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३१ बजे

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश