८ चैत्र २०८२, आइतबार | March 22, 2026

अर्घाखाँचीमा हजुरआमाले नातीनीलाई यौनकार्यमा लगाए, १४ वर्षिया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ



अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको एउटा वार्डमा हजराआमा नाता पर्ने एक महिलाले १४ बर्षकी नातीनी नाता पर्ने बालिकालाई यौनकार्यमा लगाउने गरेको खुलासा भएको छ । ४० वर्षिया ती महिलाले बालिकाको घरबाट घर परिवारलाई कुनै जानकारी समेत नगराई चाउचाउ, बिष्कुट खुवाउने आश्वासन तथा लोभलालच समेत देखाई बालिकालाई यौनकार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

गत जेठ १ गते रातको समयमा हजुरआमा नाता पर्ने महिलाको घरमै अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नं. १४ बस्ने २२ वर्षिय ओम प्रकाश न्यौपानेबाट जवरजस्ती करणी गराई पैसा समेत लिएको तथा पटक पटक जंगल लगायत बिभिन्न स्थानमा लगी यौनकार्य गराउने गरेको भन्ने उजुरीका आधारमा प्रहरीले ४० वर्षिया महिला र करणी गर्ने न्यौपानेलाई पक्राउ गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती कररणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान भई रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा निज बालिका हजुर आमासँग बस्ने र स्थानिय विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने गरेकोमा पछिल्लो समयमा विद्यालय समेत जान छाडेकी र घरमा समेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको पाइएको पौडेलले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ३४ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ