२२ माघ २०८२, बिहिबार | February 5, 2026

५ घण्टाको प्रयासपछि भैरहवाको बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण



भैरहवा । बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो ।

दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो । त्यहाँ रहेका किशोरहरुले अनेक गतिविधि गर्न थालेपछि ठूलो संख्यामा प्रहरी पुगेको थियो तर प्रहरीमाथि नै उनीहरुले आक्रमण गरेपछि तनाव भएको थियो ।

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । स्थानान्तरण गर्ने पत्र आएको खबर उनीहरुले थाहा पाए देखि नै भित्र दैनिक रुपमा होहल्ला गर्ने, तोडफोड गर्ने जस्ता अनेक क्रियाकलाप गर्दै आएका थिए ।

बैशाख को ४ गते पनि तोडफोड गरेर भित्र रहेका टिभी पंखा लगायतका सामान तोडफोड गरेका थिए । मंगलबार दिउँसो करिब २ बजे सुधार गृहबाट केही किशोरहरुलाई अन्यत्र स्थानान्तरण गर्न खोज्दा उनीहरुले प्रहरीमाथि आक्रमण गरेको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

उनीहरुको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भई उपचारमा छन । डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागेको छ ।

ुबढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिएु बाल सुधार गृह प्रमुख गौतमले भनिन् । उनीहरु मध्ये १० जना नेपालगंज, ४ जना कास्की र ३ जनालाई भक्तपुर स्थानान्तरण गरिएको हो ।

आज पठाउन लागिएको बेला जान्न भन्दै किशोरहरु आक्रोशित भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएका थिए ।

किशोरहरु आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अनाउदै परामर्श गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । ुनेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयास पछि अवस्था नियन्त्रणमा आयो, सुधार गृहबाट उनीहरुलाई निकालेर सम्बन्धित जिल्ला पठाउनका लागि व्यवस्थापन गरिरहेका छौुं प्रहरी प्रमुख रेग्मीले भने । उनीहरु बुधबार स्थानान्तरित सुधार गृहमा पुग्ने छन् ।

किशोरहरु उग्र भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रु ग्यासको समेत प्रयोग गरेको स्थानीयले बताएका छन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा विभिन्न जिल्लाका ११० जना बालक तथा किशोरहरु बस्दै आएका थिए । बालबिज्याईले स्थानीय आजित भएपछि मंगलबार मात्रै स्थानीयले जिल्ला प्रशसन कार्यालयमा सुधारगृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ०९ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी