७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

इरानमा मृत्युदण्ड बढ्दो, तीन महिनामा १०० जनालाई फाँसी



एजेन्सी । इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उपमानवअधिकार प्रमुख नादा अल-नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

‘ इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल-नासिफले भनिन् ।

यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये धेरै अल्पसंख्यक समूहका थिए । गुटरेसको प्रतिवेदनमा लागुऔषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ ।

निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको उनले बताइन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ४१ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११