६ पुस २०८२, आइतबार | December 21, 2025

अष्ट्रेलियाविरुद्द घरेलु टोली श्रीलंकालाई शृंखला



काठमाडौं । घरेलु टोली श्रीलंकाले चाैथाे एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ ।

मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो ।

श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए ।

श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले समान २ विकेट लिए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ५४ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक