२६ बैशाख २०८३, शनिबार | May 9, 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

गत दुई दिन एकीकृत समाजवादीको पोलिट ब्यूरो बैठक बसेको थियो । बैठकले मन्त्री हेरफेर लगायत केन्द्रीय कमिटी बैठकका लागि अजेन्डा तय गरेको थियो ।

आजको बैठकमा मन्त्री फेरबदलको विषयमा पनि छलफल हुने जनाइएको छ । यससँगै स्थानीय चुनावको समीक्षा, आगामी संघ र प्रदेशको चुनावको तयारीका विषयमा छलफल हुने उपमहासचिव खतिवडाले बताए ।

एकीकृत समाजवादीले चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । त्यसको कार्यान्वयनका लागि अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

मन्त्रीहरुले भने पार्टीले फिर्ता बोलाउने निर्णयको विरोध गरेका छन् । उनीहरुले शुक्रबार अध्यक्ष नेपाललाई पत्र समेत पठाएका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १२ बजे

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ