२९ असार २०८३, सोमबार | July 13, 2026

पार्टीले सिफारिस गरेका मन्त्रीलाई तत्काल शपथ गराऊ, अब पर्खिन सक्दैनौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको शपथको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीले पार्टी निर्णय तत्कालै कार्यान्वयन हुनुपर्ने निस्कर्ष निकालेको बताए ।

खतिवडाले अब धेरै कुर्न नसकिने बताउँदै अब पनि ढिला गरिए आफुहरुको अपमान गरेको ठहर गर्ने बताए । खतिवडाले भने, हामीले जति पर्खिन पर्ने हो पर्खिसक्यौं । अब तत्काल हाम्रो सिफारिसअनुसार नयाँ मन्त्रीको सपथ ग्रहण गराउनुहोस् । अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं ।’

खतिवडाले अब पनि ढिलाई भए त्यसपछि नयाँ ढंगले सोच्ने चेतावनी दिए । उनले मन्त्रीको सूचीमा कुनै परिवर्तन नहुने पनि स्पष्ट पार्दै पार्टीमा अनावश्यक बार्गेनिङ गर्ने छुट कसैलाई नभएको बताए ।

खतिवडाले अब सत्ता गठबन्धनबाहिरका दलहरूसँग पनि सहकार्यका लागि पहल अघि बढाउने जनाए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गर्दै सत्ता गठबन्धनलाई उच्च प्राथमिकता दिने तर बाहिरका दलहरुसँग पनि संवाद अघि बढाउने जनाएका थिए । नेपालको प्रतिवेदनलाई बैठकले पारित गरेको खतिवडाले बताए । उनले भने, ‘हाम्रो पार्टीले पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता दिएको छ। हाम्रो नीति भनेको सहकार्य गर्ने तर कसैसँग शरण नपर्ने हो । पाँच दलीय गठबन्धनबाहिर पनि विकल्प खोज्ने निर्णय भएको छ। त्यसका लागि सबै दलसँग वार्ता गर्नेछौँ।’
तर, एमालेसँग भने कुनै सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ४६ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले