२९ असार २०८३, सोमबार | July 13, 2026

सर्वोच्चको आदेशका कारण सडक बिस्तार रोकियो : मन्त्री झाँक्री



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक बिस्तारका काम रोकिएका बताएकी छिन् ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले सडक बिस्तारको काम सर्वोच्च अदालतको आदेशका कारण रोकिएको बताएकी हुन् । शहरभित्र र बाहिरको लागि छुटटाछुटटै योजना बनाएर सडक बिस्तारको काम गर्नुपर्ने उनले बताइन । मन्त्री झाँक्रीले सबै मन्त्रालयसँग छलफल गरेर शहरभित्र र बाहिरको सडक बिस्तारको योजना मन्त्रालयले बनाएको बताइन ।

मन्त्री झाँक्रीले भनिन् – ‘खास गरेर अर्वान प्लानमा हामी के कुरा गरेनौँ भन्दा काठमाडौं नराम्रो भयो, बिग्रियो, यो भयो, त्यो भयो भन्दै गर्छौं, तर आज कसैको एक इन्च जग्गा दायाँबायाँ गरेर हामीले कानूनतः, संविधानतः सडकलाई बिस्तार गर्ने, वा सडकको सौन्दर्यकरण गर्ने र प्लानिङ गर्ने अवस्थामा छैनौँ । त्यसकारण जमिन व्यक्तिको निजी सम्पति हो । संविधानप्रद हक हो । त्यसकारण व्यक्तिको अनुमति बिना सडक बिस्तारको कामहरु पटकपटकका सम्मानित अदालतका आदेशदवारा अहिले रोकिएका छन । त्यस कारणले गर्दा इन्ट्रिक्रेटेड, भ्यालीभित्रको र बाहिरको प्लानिङ गरेर सबै मन्त्रालयसँग समन्वय गरेर कहाँ बस्ती विकास गर्ने ? कहाँ इकोनोमिक जोनहरु बनाउने ? कहाँ फाइनान्सियल हब बनाउने भन्ने कुरा इन्ट्रिग्रेटेड प्लान गर्नुपर्छ ।’

मन्त्री झाँक्रीले वागमती, विष्णुमती जस्ता काठमाडौंका नदीमा जलचरको जीवन नै नरहेको भन्दै यसलाई व्यवस्थित र सफा गर्नुपर्ने बताइन । उनले जनता आवासमार्फत संघीय सरकारले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : ४३ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले