१ पुस २०८२, मंगलबार | December 16, 2025

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारि;मा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चार जना मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेकी थिइन् ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ ।

उनीहरुलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भए पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का मन्त्री भने यथावत छन् । तीनै पार्टीमा पनि हेरफेर गर्न दबाब परेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज