३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौ+को प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : १३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट