२७ भदौ २०८३, शनिबार | September 12, 2026

जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू



टोकियो । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो ।

विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरु प्रभावित हुँदा बिजुली आपूर्तिमा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३४ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले