२२ माघ २०८२, बिहिबार | February 5, 2026

सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने ५ जना बिचौलिया पक्राउ



नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्ज परिषरबाट बिरामीलाई निजी क्लिनीकमा जान फकाउने तथा औषधी किन्न बाहिरका पसलहरुमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न करलगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पताल परिषर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा ३ महिला र २ पुरुष बिचौलियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुलाई अवदेखि अस्पतालमा आएर दलाली नगर्ने सर्तमा परिवारलाई बुझाईएको डीएसपी न्यौपानेले बताए ।

बिचौलिया खटाउन अस्पतालमै आवद्ध अधिकारीहरुको संलग्नता रहेको स्रोतले दाबी गरेको छ । कतिपय चिकित्सकहरुले अस्पतालको आफ्नै फार्मेसी भएपनि निजी औषधी पसलहरुमा औषधी किन्न पठाउने र बिचौयिाहरुलाई ओपीडीको ढोकामा राख्ने गरेको नाम नबताउने अस्पतालकै एक कर्मचारीले बताए ।

पछिल्लो समय नेपालगन्जको भेरी अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ । एकथरीले कमिसनको नाममा विरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल, कुरुवाको मोबाईल, नगद समेत चोरी हुने गरेको उपचारमा आएका बिरामीहरुले गुनासो गर्ने गरेका छन् ।

सादा पोषाकको प्रहरी परिचालन गरि अस्पताल परिषरलाई चोर र बिचौलिया मुक्त बनाउने अभियान थालिएको न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका