२९ असार २०८३, सोमबार | July 13, 2026

एमालेमा बीऊ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फल्छ फूल्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन.। प्रचण्डले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने जिकिर गरे ।

प्रचण्डले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन । बाहिरका सबै अवसरवादी मात्रै छन भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डो¥याउन सकिन्छ भन्ने मेरो विश्वास छ । ३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’

अध्यक्ष प्रचण्डले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे । उनले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए । उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताए । उनले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गरे ।

प्रचण्डले भने, ‘सबैतिर एउटै चेतनाको बिस्तार भएको छ । माओवादी सबै एकै ठाउँमा हुनुपर्छ । यो सबैतिर छ, कसैले थेग्न सक्दैन । एकता अपरहार्य छ । यो जनताको माग हो । जनताको मागलाई अन्देखा र अनसुनी गर्नुहुँदैन । कोही नेताहरुलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला । लजाउनु पर्दैन । यो दबाब जनताले दिएका छन् । त्यसैले सबेले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्रे भने भौतिक शक्तिमा परिवर्तन हुन्छ, कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन । यथार्थ त्यही नै हो कसैलाई मीठो नलाग्न पनि सक्छ । माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न प्रचण्ड बिना सम्भव छैन । मेरा थुप्रै कमीहरु भएपनि यथार्थ आजपनि त्यही नै हो ।’

अध्यक्ष प्रचण्डले आफनो उदारताले कहिलेकाहीँ धोका खाएको समेत स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिममेवारी दिन सोच्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : २५ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले