६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमालेमा बीऊ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फल्छ फूल्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन.। प्रचण्डले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाइृ पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने जिकिर गरे ।

प्रचण्डले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन । बाहिरका सबै अवसरवादी मात्रै छन भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डो¥याउन सकिन्छ भन्ने मेरो विश्वास छ । ३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’

अध्यक्ष प्रचण्डले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे । उनले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताए । उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताए । उनले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गरे ।

प्रचण्डले भने, ‘सबैतिर एउटै चेतनाको बिस्तार भएको छ । माओवादी सबै एकै ठाउँमा हुनुपर्छ । यो सबैतिर छ, कसैले थेग्न सक्दैन । एकता अपरहार्य छ । यो जनताको माग हो । जनताको मागलाई अन्देखा र अनसुनी गर्नुहुँदैन । कोही नेताहरुलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला । लजाउनु पर्दैन । यो दबाब जनताले दिएका छन् । त्यसैले सबेले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्रे भने भौतिक शक्तिमा परिवर्तन हुन्छ, कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन । यथार्थ त्यही नै हो कसैलाई मीठो नलाग्न पनि सक्छ । माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न प्रचण्ड बिना सम्भव छैन । मेरा थुप्रै कमीहरु भएपनि यथार्थ आजपनि त्यही नै हो ।’

अध्यक्ष प्रचण्डले आफनो उदारताले कहिलेकाहीँ धोका खाएको समेत स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिममेवारी दिन सोच्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : २५ बजे

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज