२४ बैशाख २०८१, सोमबार | May 7, 2024

विवादै विवादमा मुछिएकी लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री विमलाले बुझाईन् राजीनामा



बुटवल । पटक पटक बिबादमा मुछिएकी लुम्बिनी प्रदेस सरकारकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । विमलाको कारणले पार्टीमा आँच आउने देखिएपछि मुख्यमन्त्री कुल प्रसाद केसीको निर्देशनमा उनले राजीनामा बुझाएकी बताइएको छ ।

४ दिन अघि राजीनामा बुझाएकी भनेर सार्वजनिक गरिएपनि पुरानो मिति राखेर आजै मध्यान्ह वलीले कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी माओवादी उच्च स्रोतले दाबी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले १२ गते नेै वलीले राजीनामा दिएको बताएका थिए । वलीको राजीनामा आज बस्ने प्रदेशसभा बैठकमामुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिने प्रमुख सचेतक घर्तीले बताए ।

जेठ ३१ गते मन्त्री वलीका प्रेमी भनिएका दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समितिसमेत गठन गरेको थियो । समितिले आजै मुख्यमन्त्रीलाई छानविनको प्रतिबेदन बुझाउने कार्यक्रम तय भएको छ ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। प्रमुख प्रतिपक्ष एमालेले माओवादीमा खुल्नु अघि एमालेमा खुलेको दाबी गर्दै उनलाई पदमुक्त गर्नु पर्ने माग सहित लामो समय संसद समेत अवरुद्ध गरेको थियो ।

एमालेले पार्टीमा फर्काउने प्रयास स्वरुप तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकारी आवासमा राखेपछि विमलाले आफुलाई अपहरण गरेर बन्धक बनाईएको आरोप समेत लगाएकी थिइन् । तर अपहरण र बन्धकको औपचारिक कानुनी उपचार खोज्न भने उनी पछि हटिन् ।

माओवादी रोजेको उपहार स्वरुप माओवादीले विमलालाई राज्यमन्त्री बनाएको थियो । सरकारले आजै बजेट पास गर्न र प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि राजीनामा गर्न लगाइएको बुझिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ०८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,