१८ श्रावण २०८३, सोमबार | August 4, 2026

कुटपिटपछि मृत्यु प्रकरण : गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी



चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भिर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धि र बलात्कारको मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।

गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरुको जिम्मा स्थानीय अधिकारकर्मीहरुले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरुले सहयोग संकलन पनि गरेका छन् ।

किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रुपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरुको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।

एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशिल घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइँदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’ न्यायिक प्रक्रियाका लागि आफुहरुले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरुले प्रतिबद्धता पनि जनाएका छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ६ : ४६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क