१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालगञ्जमा ढल र नाला सरसफाइ



नेपालगञ्ज । वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।

उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिए । जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ ।

ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताए । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिएका थिए ।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : १५ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१