१३ पुस २०८२, आइतबार | December 29, 2025

नेपालगञ्जमा ढल र नाला सरसफाइ



नेपालगञ्ज । वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।

उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिए । जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ ।

ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताए । उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिएका थिए ।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गरिएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : १५ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र