१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अर्थविद्हरु भन्छन् – सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्यायो



काठमाडौं । अर्थविदहरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।

अर्थविदहरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन् ।

बजेट कार्यान्वयनका लागि स्रोेतको सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद प्याकुरेलले बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरुले आफनो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए । अर्थविद प्याकुरेलले भन्, ‘यो बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चितता पनि छैन । काम गर्ने तौरतरिका पनि हाम्रो मिलिसकेको छैन ।’

१८ खर्व यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद डा. गोविन्द नेपालले बताए । उनले बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए । अर्थविद नेपालले भने, ‘१८ खर्व यो बजेट कार्यान्वयनका लागि केही पनि होईन । यो बजेटमा देखाइएका जति पनि विषयहरु छन । १८ खर्वले काम लाग्दैन । यो कार्यान्वयन हुने देखिदैन । बजेट महत्वकांक्षी छ । रकम अत्यन्तै न्यून छ ।’

अर्थविद डा. पोषराज पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवद्र्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आएपनि त्यसको वे आउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । पाण्डेले भने ‘स्वदेशी बस्तु र आत्मनिर्भर अर्थतन्त्रको विषयलाई खुला नराखौं है । कुन सेक्टरमा कसरी हुन्छ ? भन्ने कुरालाई चाँही डिफाईन हुनुप¥यो । यसको वे निर्धारण गरेर ज्यादा मात्रै स्वदेशी बस्तुको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।’

अर्थविद पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ०१ बजे

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड