१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, अझै पत्ता लागेन कारण



काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो ।

शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गरेका थिए ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

त्यसैले उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनु पर्ने अझै पनि माग हुँदै आएको छ । तर, राजनीतिक नेतृत्वले यसमा चासो देखाएको पाइँदैन । प्रतिपक्षमा हुँदा दरबार हत्याकाण्ड र मदन भण्डारीकोको मृत्यु हत्या कि दुर्घटना भन्नेबारे छानबिन गर्नु पर्ने आवाज उठाउने दलहरु सत्तामा पुगेपछि मौन बस्ने गरेका छन् ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनमार्फत पुनस्स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : ४९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा