१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

तारा एयर जहाज दुर्घटना: आज मृतकको शव परिवारको जिम्मा लगाइँदै



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आज परिवारको जिम्मा लगाइँदै छ ।

जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाजर मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

यार्सागुम्बा खोज्न गएका स्थानीय बासिन्दाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेका थिए । उनीहरुले स्थानीय प्रशासनलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजबिन गरेको थियो ।

दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो । उनीहरुको शव सुरक्षाकर्मीले पोखरा हुँदै काठमाडौं ल्याएका थिए ।

सबै जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । बुधबार पोस्टमार्टम गरिएको र आज शव आफन्तको जिम्मा लगाइने भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ११ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७