१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

तारा एयर जहाज दुर्घटना: आज मृतकको शव परिवारको जिम्मा लगाइँदै



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आज परिवारको जिम्मा लगाइँदै छ ।

जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाजर मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

यार्सागुम्बा खोज्न गएका स्थानीय बासिन्दाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेका थिए । उनीहरुले स्थानीय प्रशासनलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजबिन गरेको थियो ।

दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो । उनीहरुको शव सुरक्षाकर्मीले पोखरा हुँदै काठमाडौं ल्याएका थिए ।

सबै जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । बुधबार पोस्टमार्टम गरिएको र आज शव आफन्तको जिम्मा लगाइने भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : ११ बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे