२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गुजरातका हार्दिक पटेल बने ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै



नयाँ दिल्ली । गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् ।

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाको खरो आलोचकसमेत थिए ।

गत महिना उनले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ४४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa