५ बैशाख २०८३, शनिबार | April 18, 2026

गुजरातका हार्दिक पटेल बने ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै



नयाँ दिल्ली । गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् ।

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाको खरो आलोचकसमेत थिए ।

गत महिना उनले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ११ : ४४ बजे

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले