१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

संसदमा गंगा चौधरीको प्रश्न- ५२ जिल्लाका महिलाले विवाहअघि नै स्थायी बन्ध्याकरण गर्छन् ?



काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् ।

जटिल रोगका बिरामीलाई दिइने पाँच हजारभत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि खानेको गरेको जानकारी दिइन् ।

तर, गरिब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि पनि खान नसक्ने अवस्था रहेको बताउँदै भनिन्, ‘क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन अब बन्द गर्नुस् । भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस् । तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरिब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?’

२५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको भन्दै उनले बाँकी ५२ जिल्लाका महिला विवाहअघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा नै जन्माउनु नपर्ने हो ? भन्दै प्रश्न गरिन् ।

‘५२ जिल्लाका दिदीबहिनीहरुले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् ?, तिनीहरुले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरिब, विपन्न महिला छैनन् ?, विभेदकारी तपाइँहरुको समाजवाद यही हो ?,’ चौधरीले प्रश्न गरिन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ६ : ०१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम