७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौलाई हप्तामा एकदिन साइकल डे बनाउने की, डेडिकेटेड लेन बनाउने अध्यन गर्छौं : मेयर बालेन्द्र साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौलाई हप्ताको एक दिन साईकल डे बनाउने की बिभिन्न स्थानहरुमा डेडिकेटेड लेन बनाउने भन्ने विषयमा अध्ययन जरुरी भएको बताएका छन् ।

शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्‍याली कार्यक्रममा बोल्दै मेयर साहले अध्ययन नगरिकन साइकल लेन नबनाइने बताए ।

साइकल अभियन्ताहरुले निर्वाचन अघि साहले साइकल लेनको प्रतिबद्धता व्यक्त गरिसकेको बताएपनि कार्यक्रममा मेयर साहले आफु सम्म प्रतिबद्धता पत्र नै आइनपुगेको बताए । ‘भोलिका दिनमा प्रतिबद्धता पत्रहरू ल्याइदिनु होला। र हामी के गर्न सक्छौं काठमाडौं महानगरपालिकामा हप्ताको एक दिन साइकल डे बनाउन सक्छौं कि, साइकलको लागि डेडिकेटेड लेनहरू बनाउन सक्छौं कि,’ उनले भने ।

उनले अध्ययन नगरी लेन बनाएमा दुर्घटनाको सम्भावना हुने पनि बताए ।

अन्य मुलुकका छुट्टै साइकल लेन हुने बताउँदै उनले गाडी हिँड्ने बाटोसँगै साइकल हिँडाउन सुरक्षाको खतरा हुने बताए । ‘साइकलको स्पिड कम हुन्छ। गाडीको स्पिड धेरै हुन्छ, दुर्घटना हुने सम्भावना धेरै हुन्छ।’ उनले भने ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ५ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई