५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौलाई हप्तामा एकदिन साइकल डे बनाउने की, डेडिकेटेड लेन बनाउने अध्यन गर्छौं : मेयर बालेन्द्र साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौलाई हप्ताको एक दिन साईकल डे बनाउने की बिभिन्न स्थानहरुमा डेडिकेटेड लेन बनाउने भन्ने विषयमा अध्ययन जरुरी भएको बताएका छन् ।

शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्‍याली कार्यक्रममा बोल्दै मेयर साहले अध्ययन नगरिकन साइकल लेन नबनाइने बताए ।

साइकल अभियन्ताहरुले निर्वाचन अघि साहले साइकल लेनको प्रतिबद्धता व्यक्त गरिसकेको बताएपनि कार्यक्रममा मेयर साहले आफु सम्म प्रतिबद्धता पत्र नै आइनपुगेको बताए । ‘भोलिका दिनमा प्रतिबद्धता पत्रहरू ल्याइदिनु होला। र हामी के गर्न सक्छौं काठमाडौं महानगरपालिकामा हप्ताको एक दिन साइकल डे बनाउन सक्छौं कि, साइकलको लागि डेडिकेटेड लेनहरू बनाउन सक्छौं कि,’ उनले भने ।

उनले अध्ययन नगरी लेन बनाएमा दुर्घटनाको सम्भावना हुने पनि बताए ।

अन्य मुलुकका छुट्टै साइकल लेन हुने बताउँदै उनले गाडी हिँड्ने बाटोसँगै साइकल हिँडाउन सुरक्षाको खतरा हुने बताए । ‘साइकलको स्पिड कम हुन्छ। गाडीको स्पिड धेरै हुन्छ, दुर्घटना हुने सम्भावना धेरै हुन्छ।’ उनले भने ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ५ : ४६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता