१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अंश मुद्दामा विवाद भएपछि नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो



नवलपरासी । अंश मुद्दाको विषयमा विवाद हुँदा सोमबार जिल्ला अदालत पश्चिम नवलपरासीमा गोली चलेको छ ।

सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिएका छन् ।

पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए ।

सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुनस् प्रहार गरेको गोलीबाट उनी बचेकी हुन् । जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेपछि स्थानीय आतंकित बनेका थिए ।

अंश मुद्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवबीच विवाद भएपछि तर्साउने उदेश्यले उनले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

गोली प्रहार गर्ने हंशराज रोशनीका भतिजा हुन् । हंशराजले चलाउको गोली कसैलाई पनि नलागेकाले कुनै दुर्घटना भने हुन पाएन ।

सन्तानविहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनसायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन् । दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् ।

घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ । गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको कंडेलले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : ३४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर